Agni Offset Press

एभरेष्ट एकेडेमीको १९ औँ वार्षिकोत्सव

Aarati simant

अत्तरिया, ७ फागुन : गोदावरी नगरपालिका–१, अत्तरियामा अवस्थित एभरेष्ट एकेडेमीले आफ्नो १९ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउँदै छ । नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आइरहेको एकेडेमीले बुधबार नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थी, अभिभावक, तथा अतिथिहरूको सहभागितामा वार्षिकोत्सव मनाएको हो । विद्यालयले २ दिने वार्षिकोत्सव मनाएर बुधबारदेखि सुरु गरेको समारोहको बिहीबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराएर सम्पन्न गर्ने भएको छ ।
विद्यालयले सांस्कृतिक कार्यक्रम, शैक्षिक गतिविधि, तथा खेलकुद प्रतियोगिता आयोजना गर्दै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा स्टेज कार्यक्रम सँगै विद्यार्थीहरूले उत्पादन गरेका सामग्री राख्नेको लागि स्टल निर्माण गरेको छ । जसमा विद्यार्थीहरूले सामुहिक रुपमा विभिन्न खानाका परिकार सँगै विज्ञान प्रविधि सँग सम्बन्धित उत्पादन गरेका सामग्री प्रदर्शन गरेका छन् ।
यस्तै वार्षिकोत्सबमा विद्यार्थीहरूलाई ब्रमाण्डको अद्भुत यात्रा देखाउने उद्देश्यले “प्लानेटोरियम शो“ को समेत आयोजना गरिएको छ । यस अवसरमा एकेडेमीले गुणस्तरीय शिक्षामा अझ सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतिलाई प्रशंसा गर्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त गतिविधिहरूलाई सकारात्मक रूपमा मूल्यांकन गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.