नेपाल भारतमैत्री संघ अत्तरिया उपशाखाको सभापतिमा पुनः ओझा चयन

अत्तरिया, ७ फागुन : कैलालीको अत्तरियामा नेपाल भारतमैत्री संघ अत्तरिया उप–शाखाको  १३ औँ बार्षिकमैत्री सभा सम्पन्न भएको छ ।

सभाको बन्द सत्रले आगामी  ३ बर्ष को लागि  हरिप्रसाद ओझा कै पुरानै कमिटीलाई निरन्तरता दिएको छ  । जसको उपाध्यक्षमा डिल्लीराज ओझा सचीवमा रतन कार्की चयन भएका छन् । कमिटीमा १५ जना सदस्य रहेका छन् । अत्तरिया उप– शाखामा १ सय ४० सदस्य रहेका छन् ।

शाखाका सभापति हरिप्रसाद ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुर, केन्द्रिय सदस्य जागृती बोगटी, केन्द्रिय सदस्य पुष्पराज जोशी, संघका कैलाली अध्यक्ष राजिब गुप्ता लगायतका रहेका थिए । कार्यक्रममा सहभागीहरुले नेपाल भारतको सम्बन्धको बारेमा  चर्चा गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.