Agni Offset Press

अत्तरिया जेसिजद्वारा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन

Aarati simant

अत्तरिया, ७ फागुन : ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अत्तरिया जेसिजले अत्तरिया चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
बुधबार सम्पन्न कार्यक्रममा स्थानीय युवा, व्यापारी, विद्यार्थी तथा समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको थियो । अत्तरिया जेसिज २०२५ का अध्यक्ष प्रदीप खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख वक्ता निवर्तमान अध्यक्ष प्रकाश मल्ल (प्रवेग) रहेका थिए भने सञ्चालन महासचिव जेसि अनिष सिंहले गरेका थिए ।
अत्तरिया जेसिजले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ । ट्राफिक सचेतना, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यसन नियन्त्रण, खेलकुद प्रवद्र्धनजस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिए ।
प्रजातन्त्र दिवसको अवसरमा गरिएको यस दीप प्रज्वलन कार्यक्रमले समाजमा लोकतान्त्रिक चेतना फैलाउने विश्वास रहेको अध्यक्ष खड्काले जानकारी दिए । प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई प्रजातान्त्रिक शासन प्रणालीको सुरूवात भएको ऐतिहासिक दिन हो ।
यस दिनलाई नेपालमा विशेष कार्यक्रमहरू आयोजना गरेर मनाइन्छ । सरकारी तथा गैरसरकारी निकायहरूले प्रभातफेरी, विशेष सभा, सम्मान कार्यक्रम, तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छन् । राष्ट्रपतिद्वारा विशेष सम्बोधन गरिन्छ भने, काठमाडौंको टुँडिखेलमा सैनिक परेड तथा अन्य विशेष कार्यक्रमहरू हुने गर्छन् ।
यो दिवसले नेपाली जनताले प्राप्त गरेको प्रजातान्त्रिक अधिकारहरूको स्मरण गराउँछ र प्रजातन्त्रको संरक्षण तथा प्रवद्र्धनको आवश्यकता झल्काउँछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.