Agni Offset Press

स्व. डा. शिवदत्त जोशीको श्रद्धाञ्जली सभा सम्पन्न

Aarati simant

अत्तरिया, ७ फागुन : नेपाल नेत्रज्योति संघ कैलालीले स्व. डा. शिवदत्त जोशीको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधबार स्व.जोशीको १३ औँ पुण्य तिथिको अवसरमा गेटा आँखा अस्पतालमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । श्रद्धाञ्जली सभा संघका सभापति यज्ञराज चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा गेटा आखा अस्पतालका निर्देशक डा. सुरेशराज पन्त, नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेशका सभापति चक्रबहादुर सिंह, कैलालीका सदस्य चेतराज पुनेरु लगायतले स्व. शिवदत्त जोशीको बारेमा चर्चा गरेका थिए ।
१९८८ कात्तिक २३ गते बैतडीमा जन्मीएका स्व. जोशीको २०८१ माघ २५ गते धनगढीमा निधन भएको थियो । स्व. शिवदत्त जोशी नेपाल नेत्र ज्योति संघ कैलाली शाखाको संस्थापक सभापति हुन ।

स्व. शिवदत्त जोशीका छोरा लोकराज जोशी नेपाल नेत्र ज्योति संघ कैलालीको हालका सभापति छन् । श्रद्धाञ्जली सभाको सञ्चालन नेत्रज्योति संघका सचिव नरेन्द्रराज शर्माले गरेका हुन । कार्यक्रममा कर्मचारी युनियान गेटा आँदा अस्पतालका अध्यक्ष खेमराज उपाध्यायले श्रद्धाञ्जली पत्र वाचन गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.