
अत्तरिया : धनगढी उपमहानगरपालिकाले आयोजनामा आज (बिहिबार) सीप तथा रोजगार मेलाको आयोजना हुँदैछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । धनगढी–१ खुलामंचमा मेला आयोजना हुँदैछ । मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
बढ्दो बेरोजगारी अन्त्यसँगै युवाहरुमा उत्पन्न निराशाले देशकै भविष्य अन्धकार गोरेटो तर्फ धकेलिने खतरा देखिएकाले युवाहरुमा आशाको संचार भरेर स्वरोजगार र आत्मनिर्भर बनाइई सिर्जनशील कार्यद्धारा देश बनाउने उत्प्रेणा जागृत गराउने उदेश्यले मेलाको आयोजना गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
उनले संघ,प्रदेश र सबै स्थानीय तहले यस्ता मेला हरेक वर्ष चलाउनु पर्ने बताए । उनले सीप सिकेर बाहिर काम गर्न जाँदा पनि रोजगारी मिल्ने र उचित तलब पनि पाइने बताए । मेलामा सुदूरपश्चिम प्रदेशको ९ जिल्लाको ४७ पालिकाबाट ४८३० जना सहभागी मध्ये छनौटमा ९ जिल्लाको ३९ पालिकाका १ हजार ४० जनालाइ विभिन्न ८ क्षेत्रका २९ बिषयमा तालिम दिन थालिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले बताए ।
उनले तालिमको उदेश्य युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने,स्वदेशमै रोजगारका अवसर पाउनका लागि दक्ष जनशक्तिm तयार पार्ने, युवाहरुलाई सीप सिकाई दक्ष बनाएर बैदेशिक रोजगारीमा आर्कषक र राम्रो रोजगाररको अवसरका लागि योग्य बनाउने रहेको बताए ।
त्यस्तै युवाहरुलाई दक्ष बनाई स्वउधमी बन्न र स्टार्टसअप व्यवसायका लागि उत्प्रेरित गर्ने,मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशत्तिः बिच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा सम्बधित रोजगारको लागि ओजेटी गराईने तथा युवाहरुलाई स्वरोजगारको अवसरका बारेमा जानकारी दिने रहेको उनले बताए । धनगढीको खुल्ला मंचमा ४० दिन सम्म सो मेला संचालन हुने उनले बताए । अटोमोबाईल, निर्माण, आतिथ्य सत्कार,ईलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक,स्वास्थ्य तथा सौन्दर्य,आर्ट एण्ड क्राप्ट डिजाईनिङ लगायत ८ बिद्याका २९ बिषयमा तालिम दिईने आयोजकले जनाएको छ ।
फागुन ८ गतेदेखि चैत १५ गतेसम्म लाग्ने मेलाका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका युवाहरूले आवेदन दिएका हुन् । उपमहानगरपालिकाले सीप तथा रोजगार मेलाका लागि माघ २ गतेदेखि माघ २८ गतेसम्म आवेदन खुल्ला गरेको थियो ।
रोजगार संयोजक चन्द्र महराका अनुसार तीन हजार ७५ जना महिला, एक हजार सात सय ४८ जना पुरुष र सात जना अन्यको आवेदन परेको छ ।
उनले आवेदन परेका मध्य एक हजार एक सय २२ जना छनोट हुने बताए । धनगढी उपमहानगरपालिकाले १८ देखि ३५ वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिन लागेको हो ।
तालिमका लागि केही विधामा अत्यधिक आकर्षण देखिएको छ, भने केही विधामा न्यून आवेदन परेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
अटोमोबाइलको तालिम मध्य ईलेक्ट्रिक कार सम्बन्धी २५ जना आवश्यक रहेकोमा एक सय २४ जना र मोटरसाइकल÷स्कुटर मर्मत सम्बन्धी २५ जना आवश्यक रहेकोमा ८६ जनाको आवदेन परेको छ । निर्माण क्षेत्रको डकर्मी ५० जना आवश्यक रहेकोमा ५९ जना, टायल मार्वल फिक्स्चर ५० जना आवश्यकमा ३५ जना, फर्निचरमा २५ जना आवश्यक रहेकोमा ३० जना, विल्डिङ पेन्टर २५ जना आवश्यक रहेकोमा ३१ जना र प्लम्बिङ २५ जना आवश्यक रहेकोमा ४० जनाको आवेदन परेको छ ।
आतिश्य÷सत्कार क्षेत्रको कफिबारिस्ता २५ जना आवश्यक रहेकोमा तीन सय ७५ जना, फास्टफुड÷कुक ५० जना आवश्यक रहेकोमा एक सय ९० जना, वेटर ५० जना आवश्यक रहेकोमा ३५ जना र रिशेप्सनिष्ट÷फ्रन्ट डेस्क ५० जना आवश्यक रहेकोमा एक सय २० जनाको आवेदन परेको हो ।
यसैगरी, ईलेक्ट्रिकल र मेकानिकलको वेल्डि ङ«ग २५ जना आवश्यक रहेकोमा २८ जना, रेफ्रिजरेशन र एसी प्राविधिक ५० जना आवश्यक रहेकोमा एक सय २६ जना, ईलेक्ट्रिोनिक्स मोबाइल÷सिसीटिभी ५० जना आवश्यक रहेकोमा एक सय १६ जना र विल्डीङ ईलेक्ट्रिकल वाइरिङ २५ जना आवश्यक रहेकोमा एक सय १८ जनाले आवेदन दिएको उपमहानगरपालिकाले जनाएको छ ।
सूचना प्रविधि क्षेत्रको डिजिटल मार्केटीङ ५० जना आवश्यक रहेकोमा एक सय ८५ जना, हार्डवयर÷नेटवर्किङ ५० जना आवश्यक रहेकोमा एक सय १४ जना र ग्राफिङ डिजाईनर २५ जना आवश्यक रहेकोमा एक सय ५८ जनाको आवेदन परेको छ ।
यस्तै, शैक्षिक क्षेत्रको ईसीडी शिक्षक ५० जना आवश्यक रहेकोमा दुई सय १८ जना, पुरोहित २५ जना आवश्यक रहेकोमा २६ जना र लेखा व्यवस्थापन ५० जना आवश्यक रहेकोमा चार सय ६४ जनाको आवेदन परेको हो । सौन्दर्य क्षेत्रको एडभान्स ब्यूटिसियन ५० जना आवश्यक रहेकोमा पाँच सय ८५ जना, हेयर कटिङ स्याईलिङ ५० जना आवश्यक रहेकोमा एक सय २५ जना र नाई २५ जना आवश्यक रहेकोमा ३६ जनाको आवेदन परेको छ ।
आर्ट एण्ड क्राफट डिजानिङ क्षेत्रको फेसन डिजाईन ५० जना आवश्यक रहेकोमा छ सय ३० जना, एडभान्स टेलिरिंग २५ जना आवश्यक रहेकोमा चार सय १६ जना, साँस्कृति पोषाक निर्माण ७२ जना आवश्यक रहेकोमा दुई सय २३ जना र वेतबाँस क्राफट÷हस्तकलाका सामग्री २५ जना आवश्यक रहेकोमा ६६ जनाको आवेदन परेको उपमहानगरपालिकाले जनाएको छ ।
रोजगार संयोजक महराले बेरोजगार युवा÷युवतीहरुलाई सीपमुलक तालिम प्रधान गरी दक्ष जनशक्तिm निर्माण गर्नु नै मेलाको उदेश्य रहेको बताए । वैदेशिक रोजगारीमा जाने युवा÷युवतीहरुलाई पनि मेलामा लिएको तालिम आधार हुने उनले बताए । तालिम अवधि भर एक महिना सीप तालिम, पाँच दिन उद्यमशिलता तथा करिअर परामर्श तालिम र दुई दिन रोजगार मेला हुनेछ । तालिमका लागि छनोट भएका युवाहरूलाई एक महिनासम्म निःशुल्क तालिम दिइने छ ।
मेला सञ्चालनका लागि उपमहानगरपालिका र विभिन्न संघ–संस्थालगायत अन्य निकायहरुको गरेर दुई करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
