Agni Offset Press

साँफेबगरमा हाकिमलाई स्पष्टिकरण सोध्ने कार्यपालिकाको निर्णय

Aarati simant

अछाम, ९ फागुन : अछामको साँफेबगर नगरपालिकाका हाकिमलाई स्पष्टिकरण सोध्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । फागुन ८ गते बसेको कार्यपालिका बैठकले निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्मालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्क बिहिन भएकोले कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले बताए । जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका शर्मालाई के कती कारणले अनुपस्थित भएको हो भन्ने विषयमा स्पष्टिकरण सोधिएको नगर प्रमुख कुँवरले बताए ।
शर्मा पछिल्लो साढे दुई वर्षको अवधिमा पटक–पटक महिनौसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको व्यापक जनगुनासो बढेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको कुँवरको भनाई छ । लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.