अत्तरिया, ९ फागुन : त्रिभुवन विश्वविद्यायले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेक छ । आगामी चैत ५ गतेका लागि तय भएको निर्वाचन तालिका विश्वविद्यालयले सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार यही फागुन १९ गते संघ तथा संगठन दर्ता गर्नुपर्नेछ । त्यस्तै फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यतालिका छन् ।
त्यस्तै मतदाताको सूची फागुन २१ गते बिहान १० बजे सार्वजनिक हुनेछ भने मतदाताको सूचीमाथि दाबी विरोध फागुन २५ गते दिउँसो १ बजेसम्म गर्न पाइनेछ । मतदाताको अन्तिम नामावली फागुन २५ गते साँझ ५ बजे प्रकाशित हुने छ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
सम्बन्धित पाेस्टहरु