Agni Offset Press

ज्ञान ज्योति विद्यालयले मनायो २८ औँ वार्षिकोत्सव

Aarati simant

अत्तरिया, १६ फागुन : कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालयले वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा विद्यालयले २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएर सम्पन्न गरेको हो ।
विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक जगविर थापाको सभापतित्वमा भएको हो । समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि संस्थागत विद्यालयहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि सामुदायिक र निजी विद्यालयहरूबीच समन्वय आवश्यक रहेको बताउँदै नगरले शिक्षालाई पहिलो प्राथमिकता दिँदै विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधारमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै नगर उपप्रमुख रोकायाले अभिभावकहरूको सक्रिय सहभागिताले विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउँदै, विद्यार्थी अनुशासन, सिकाइ सुधार, र आधुनिक शिक्षण पद्धतिको प्रयोगमा विद्यालयले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
विद्यालयका प्रिन्सिपल जागबिर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, विद्यार्थी संख्यामा भएको वृद्धि लगायतका विषयमा जानकारी दिए । विद्यालय व्यवस्थापन समितिले आगामी वर्षका लागि विद्यालय सुधार योजना प्रस्तुत गरेको थियो । अभिभावकहरूले विद्यालय व्यवस्थापन, शिक्षण विधि, र विद्यार्थीहरूको सिकाइ सम्बन्धी विभिन्न विषयमा आफ्ना धारणा राखे ।
वार्षिकोत्सव समारोहमा नेपालका विभिन्न भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो विद्यालयले शिक्षा प्रदानमात्रै नभई संस्कार र संस्कृति जगेर्नामा पनि विद्यालयको विशेष योगदान रहेको छ । सो अवसरमा विद्यालयमा अध्ययनरत शिक्षा लगायत अतिरिक्त क्रियाकलापहरु उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
नर्सरी देखि कक्षा १० सम्म संचालन हुदै आइरहेको यस विद्यालयमा ९ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
कार्यक्रममा अत्तरियाका विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.