
अत्तरिया, १७ फागुन : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रसिंह कार्की सर्वसम्मत चयन भएका छन् । धनगढीमा शुक्रवारदेखि सुरु भएको संगठनको दोस्रो अधिवेशनबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन् । महासचिवमा भानुभक्त आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन् । सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र भट्ट, शेरबहादुर बिष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक चयन भएका छन् । यस्तै, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, हरी तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता,पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओलीसमेत सदस्यमा चयन भएका छन् ।
