कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ का २५ वर्षीय पुष्कर भारतीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकिएका तर फरार रहेका भारतीलाइ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६ चान्देव कालागौडीबाट पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.