अत्तरिया, २१ फागुन : कैलालीको गौरीगंगा–६, मोयाको भैरव प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीलाई हेमा श्री फाउन्डेसन नेपालले विद्यालय पोसाक वितरण गरेको छ ।
पोसाक प्राप्त गर्ने विद्यार्थीहरूमा योगेन्द्र बिक (कक्षा २), सिम्रन चौधरी (कक्षा २), जानकी बिक (कक्षा ३), भीम शाही (कक्षा ४), आसिका चौधरी (कक्षा ५) र जेनिस साँउद (कक्षा ५) रहेका छन् ।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गौरीगंगा नगरपालिका–६ का वडा अध्यक्ष टेकबहादुर कुँवरले विद्यार्थीलाई पोसाक हस्तान्तरण गर्दै फाउन्डेसनले विभिन्न विद्यालयमा सामाजिक सेवा पु¥याइरहेको र विद्यार्थीलाई पोसाक उपलब्ध गराउनु सराहनीय कार्य भएको बताए ।
फाउन्डेसनका कार्यवाहक अध्यक्ष बाजेले आर्थिक अभावका कारण विद्यार्थीहरू पुराना तथा फाटेका पोसाक लगाएर विद्यालय आउनुपरेको र कतिपय विद्यार्थी पोसाककै कारण विद्यालय आउन छोड्ने समस्या रहेको जानकारी गराए । पोसाक वितरण कार्यक्रमले विद्यार्थीलाई नियमित कक्षामा उपस्थित हुन हौसला प्रदान गर्ने उनको भनाइ छ ।
कार्यक्रममा वडा सदस्य सियाराम चौधरी, अमर मावि अध्यक्ष दान बहादुर कुँवर, भैरव प्रावि अध्यक्ष चक्र पार्की, दृष्टि ग्रामीण विद्युत सहकारी अध्यक्ष वीरबहादुर शाह, फाउन्डेसनका सचिव चक्रजित रावल, शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । निःशुल्क पोसाक पाएपछि विद्यार्थी तथा अभिभावक खुसी व्यक्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका हुन ।
सम्बन्धित पाेस्टहरु