हाटखोलीमा रहेको दुर्गा माध्यामिक विद्यालयको २७ औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया, २१ फागुन : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा रहेको दुर्गा माध्यामिक विद्यालयको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर वमको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रदर्शन गरिएको थियो । २०५४ सालमा स्थापना यस विद्यालयलमा हाल ४ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयको आगामि बर्ष देखि अंग्रेजी माध्यामबाट समेत पठनपाठन गर्ने कार्यक्रम रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री शाहले शिक्षामा सामुदायिक विद्यालयले खेलेको भूमिकाको चर्चा गरे । उनले दुर्गमको शिक्षाका लागि सामुदायिक विद्यालय बर्दान सावित भएको बताए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर साउँदले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन । कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, मस्यधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमि साउँद, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कमिटि सचिवालय सदस्य नरेन्द्रराज शर्मा लगायत अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक जनक सुनारले गरेका हुन । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बोहराले गरेका थिए ।


कार्यक्रममा विद्यालयमा सम्पन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुनेलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

साउँद द्वारा स्वर्गीय बज्यै र बुवाको सम्झनामा अक्षयकोष स्थापना

अत्तरियामा रहेको पिडी पोलिक्लिनिकका सञ्चालक गणेश जिमि साउँदले स्वर्गिय बुवा धनि साउँद र स्वर्गिय बज्यै धर्मा माझीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन । विद्यालयको बार्षिकोत्सवको अवसरमा आज बुधबार विद्यालयमा स्वर्गीय बुवा र बज्यैको सम्झनामा ५१ हजार १११ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन ।
उनले विद्यालयका प्रधानाध्यापक कर्णबहादुर साउँदलाई अक्षयकोष बराबरको चेक हस्तान्तरण गरे ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा साउँदलाई सम्मानित समेत गरिएको थियो । अक्षयकोष स्थापना गरेको भन्दै साउँदलाई विद्यालयले सम्मानित गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.