डिपिनेट-नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बहादुर बस्नेत निर्वाचित

अत्तरिया : प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट–नेपाल) को सुदूरपश्चिम प्रदेश स्तरिय प्रथम अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।
अधिवेशले फाया नेपालका कार्यकारी निर्देशक,सामाजिक अभियन्ता शेर बहादुर बस्नेत को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्वाचित गरेको छ।
नवनिर्वाचित अध्यक्ष बस्नेत सुदूरपश्चिम प्रदेशमा मानबअधिकार, सामाजिक न्याय, सुशासन, विपद् जोखिम न्यूनीकरण एंव सिमान्तकृत समुदायको हक अधिकार सुनिश्चितताका लागि क्रियाशिल यस क्षेत्रकै वरिष्ठ तथा परिचित शैक्षिक एंव सामाजिक अभियन्ता हुन । बिशेषत सुदूरपश्चिमको सामाजिक एंव शैक्षिक बिकास, सामाजिक सचेतना अभिवृद्धि गर्ने अभियानमा बस्नेतको मत्वपूर्ण योगदान रहेको छ ।
समितीको उपाध्यक्षमा नेपाल राष्ट्यि समाज कल्याण संघका अशोक विक्रम र्जैरु, सचिवमा एमपिडिएसका राजेन्द्र रैका, कोषाध्यक्षमा दलित महिला अधिकार मञ्चका निर्मला विक उप–सचिवमा पिसविनका कमला बुढाथोकी निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा सिआरडिएसका प्रकाश चन्द्र मिश्र, ओसिडका गुणदेव पन्त, इडिसिका केशव परियार निर्वाचित भएका छन् । सल्लाहकारमा एचआसी बाजुराका सिर्जना विष्ट, प्रयास नेपालका देवीलाल उपाध्याय निर्वाचित भएका छन्
कार्यक्रमका प्रमुख अतिथी डिपिनेटका केन्द्रीय अध्यक्ष डा.राजु थापाले नेपालमा विपद् व्यवस्थापन सुधार गर्न र विपद जोखिम न्यूनीकरणमा एक प्रमुख राष्ट्रिय छाता संगठनको रूपमा स्थापित भएको बताउँदै विपद् ब्यवस्थापन र न्युनीकरणको क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकार र सवै सरोकारवाला निकायहरु विच प्रभावकारी सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष एंव सामाजिक अभियन्ता शेर बहादुर बस्नेतले विपद् ब्यवस्थापन र न्युनीकरणको क्षेत्रमा सवै सरोकारवाला निकायको सहयोग र समन्वयमा एउटा दरो र प्रभावकारी कदल चाल्न पहल गर्ने बताए । उनले सुदूरपश्चिम प्रदेश सचिवालयलाई विपद् व्यवस्थापनको सिकाइ केन्द्र र अनुभव आदानप्रदान गर्ने केन्द्र बनाउन श्रोत केन्द्र निर्माणमा पहल थाल्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा डिसिएका संयोजक दिनेश गुरुङले डिपीनेट सुदूरपश्चिम समितिले विपद् ब्यवस्थापनको श्रोत केन्द्र बनाउने योजना अति असल कार्य भएको र यसमा डिसिएले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित बधाई तथा शुभकामना ब्यक्त गरे ।
अधिवेशनमा प्रमुख अतिथी डिपिनेटका केन्द्रिय अध्यक्ष डा. राजु थापा, विशेष अतिथी नेपाल सरकारका पूर्व सचिव एंव विपद जोखिम न्यूनिकरणअभियानका अभियन्ता केदार न्यौपाने, डिपिनेटका महा–सचिव सुरज गौतम, उप–महासचिव हर्षमान महर्जन, डिपिनेटका निवर्तमान अध्यक्ष सुर्यबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
अधिवेशनको बन्द शत्रको संचालन फाया नेपालका संयोजक धनपती ढुंगेलले गर्नु भएको थियो भने स्वागत मन्तब्य नेपाल राष्टिय समाज कल्याण संघका निर्देशक अशोक विक्रम जैरुले गरेका थिए।
यसैबिच डिपिनेटसंगको समन्वय र विभिन्न साझेदार संघसंस्थाहरु संगको सहकार्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनमा धनगढीमा २० र २१ गते दुई दिन विपद जोखिम न्यूनीकरण प्रादेशिक कार्यमञ्च कार्यशाला र पूर्वनुमानमा आधारित पूर्वकार्य सम्बन्धी सिकाई आदान प्रदान कार्यशाला समेत सम्पन्न भएको थियो ।
विपद् पूर्वतयारी नेटवर्क–नेपाल (डिपिनेट–नेपाल) बि.स. २०५३ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्सीहरू सम्मिलित एक एकीकृत दृष्टिकोण मार्फत नेपालमा विपद् व्यवस्थापन सुधार गर्न समर्पित एक प्रमुख राष्ट्रिय छाता संगठनको रूपमा स्थापित भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.