अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार भएको छ।
प्राधिकरणका प्राविधिक कर्मचारी सुन्दरलाल चौधरीलाई बिहीबार बिहान करिब ६ जनाको अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहार गरि समूह फरार भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ । मालाखेती प्रहरीका प्रमुख एंव डिएसपी गंगा बहादुर थापाले घाईतेको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताए ।