दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २२ फागुन : गोदावरी नगरपालिका वडा नं. २, तेघरीको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समूहकी अध्यक्ष शिवा देवी कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका उप–प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिईन ।
सभामा समूहकी कोषाध्यक्ष सावित्रा भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै समूहको कुल सम्पत्ति ३४ लाख ७० हजार ३७१ रुपैयाँ रहेको जानकारी दिइन । यस वर्ष समूहको १५ लाख २६ हजार रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।
हाल समूहमा ७ सय उपभोक्ता आबद्ध छन् भने वनको क्षेत्रफल १७४.७ हेक्टर रहेको छ । कार्यक्रमका सहभागीहरूले स्व. टीका दत्त जोशीको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.