सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा सातौं वार्षिक उत्सव तथा सांस्कृतिक धमाका आयोजना

अत्तरिया, २३ फागुन : सुदूरपश्चिम सेवा समाज मुम्बईले आगामी चैत ३ गते (मार्च १६, २०२५) आइतबारका दिन भिपिएम कलेज, मिठाघर रोड, मुलुन्ड इस्टमा सातौं वार्षिकउत्सव तथा सांस्कृतिक धमाकाको आयोजना गर्न लागेको छ । साथै, अर्को दिन चैत ४ गते (मार्च १७, २०२५) पश्चिम मुम्बईको मिरारोडमा पनि वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
यस विशेष अवसरमा सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर प्रमुख आतिथिका रूपमा उपस्थित रहनेछन् भने चर्चित गायिका टीका सानु लगायत विभिन्न कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
यसैगरी, नेपाली युवा क्लब मुम्बईद्वारा आयोजित तेस्रो कार्यक्रममा पनि लक्ष्मी बोगटी कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुँदै विभिन्न कलाकारहरूसँग सांस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा उनले समाजसेवा, सहयोगी हातहरू जुटाउने प्रयास तथा भविष्यका योजनाहरूबारे जानकारी दिने बताइएको छ ।
सुदूरपश्चिम सेवा समाज मुम्बईले मुम्बईमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.