अत्तरिया : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको शुक्रबार राति आफ्नै निवासमा निधन भएको छ।
फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति साढे १२ बजे तिर निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ ।
उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको आजै बेलौरीको भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाएको छ।