अत्तरिया, २४ फागुन : अछाम वैजनाथ सेवा समाजले अत्तरियामा होली महोत्सवको आयोजना गर्ने भएको छ । समाजले फागुन २५ र २६ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२ स्थित अत्तरिया वनखेतको शिव मन्दिर प्रांगणमा होली महोत्सवको आयोजना गर्ने भएको हो ।
होली महोत्सवमा उपस्थित भएर एकआपसमा सद्भाव साँट्न समाजले सबैलाई आग्रह गरेका छ । सो अवसरमा डेउडा पनि खेलिने भएको छ ।
सम्बन्धित पाेस्टहरु