बाजुरा कर्णाली नदीमा भिरमा अड्किएका आठ जनाको उद्धार

बाजुरा, २६ फागुन : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी पारिको भिरमा अड्किीएका आठ जनाको सकुशल उद्धार गरिएको छ । गत आइतबार उनीहरू स्वामिकार्तिक खापर गाउँपालिका–२ फयालगाउँका पुसे भण्डारीको खोजी गर्नका लागि कर्णाली नदी पारीको भिरमा जाने बेला अड्किएका थिए ।
आज बिहान ११ बजे प्रहरी स्थानीयहरूको अथक प्रयासपछि कर्णाली पारीको भिरमा अड्किएका आठ जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए । उनले भने, स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी त्यस ठाउँमा पुग्दा माछा मार्ने क्रममा कर्णाली पारीको भिरबाट लडेका पुसे भण्डारी मृत्यु भइसकेको थियो ।’
अहिले मृतक भण्डारीको लास त्यहाँ देखि निकालेर मृतकको आफन्तको जिम्मा दिएको छ भने उहाँकै खोजीका लागि भिरमा अड्किएका अन्य आठ जनालाई पनि डुङ्गाको साहाराले सकुशल उद्धार गरिएको निरीक्षक चौधरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.