आपसी मतभेद, प्रतिस्पर्धा अलग राखी निर्वाचनमा एकजुट भए कांग्रेसको बहुमत : देउवा

अत्तरिया, २६ फागुन : कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी पार्टी भए पनि मिलेर काम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले वर्तमान संविधान समावेशी, राष्ट्र नै समावेशी पद्धतिमा चलेका कारण कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।
सोमबार धनगढीमा सुरु भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले अहिलेकै निर्वाचन प्रणाली रहिरहे आगामी निर्वाचनमा पनि एकै पार्टिको बहुमत आउने सम्भावना कम रहेको बताए ।
उनले भने, ‘सम्भावना कम छ तर आपसी मतभेद, आपसी प्रतिस्पर्धा अलग राखी निर्वाचनमा एकजुट भए नेपाली कांग्रेसको बहुमत आउन सक्छ, यसको सुरुवात सुदूरपश्चिमबाट होस् ।’ सभापति देउवाले सुदूरपश्चिमको माया ममताले आफूले अहिलेको उचाइ प्राप्त गरेको बताउँदै भने, ‘कांग्रेसलाई कहिल्यै कसैले हराउन सक्दैन तर हाम्रो पार्टीभित्र अन्तरघातको रोग छ त्यसलाई सदाका लागि अन्त्य गर्नुपर्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.