सुखड, २८ फागुन : कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलको ३० औ वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा नृत्य, गीत, नाटक, र कविता वाचन जस्ता प्रस्तुति समावेश गरेको हो । यी कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा र सिर्जनशीलताको प्रदर्शन गरेको अभिभावकहरुले बताए ।
कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले आफ्नो सम्बोधनमा विद्यालयको प्रगति र विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे । उनले विद्यालयले स्थानीय समुदायमा शिक्षा क्षेत्रको विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गरे । उनले भने, न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, जसले हाम्रो नगरपालिकाको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।’ संस्थागत विद्यालयहरुले पछिल्लो समय देखाएको उत्साहजनक सक्रियता अत्यन्त प्रंससा योग्य रहेको नगर प्रमुख रावतको भनाइ थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पिआर) ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, सहशैक्षिक, र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिहरूको चर्चा गरे । उनले विद्यालयको आगामी योजनाहरू र लक्ष्यहरूको बारेमा पनि जानकारी दिए । असल संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान आफुहरुको प्राथमिकता रहेको बताउदै संस्थापक प्रिन्सिपल भण्डारीले यसलाइ निरन्तर अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
अभिभावक भेलामा, विद्यालय र अभिभावकहरूबीच विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन, र अन्य सम्बन्धित विषयहरूमा छलफल भयो । अभिभावकहरूले विद्यालयको व्यवस्थापन र शिक्षण पद्धतिको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ राम्रो बनाउन सुझावहरू पनि प्रस्तुत गरे । कार्यक्रमको अन्त्यमा, विद्यालयले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको हो । यसले विद्यार्थीहरूलाई आगामी दिनहरूमा अझ मेहनत गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा घोडाघोडी नगरपालिका उपप्रमुख गुलिया कुमारी चौधरी, नगर प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मी लगायतले सम्बोधन गर्दै विद्यालयले नविनतम शिक्षामा दिएको जोडको प्रसंसा गरे । विद्यालयले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित पाेस्टहरु