होलीको दिन मोहना नदिमा डुबेर २ युवाको मृत्यु

अत्तरिया : मोहना नदिमा डुबेर २ जनाको मृत्यु भएको छ। शुक्रबार कैलालीको धनगढी उप(महानगरपालिका वडा नम्बर १९ फूलवारी बाइसघरस्थित मोहना नदिमा डुबेर १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनीहरु मोहना नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएको खवर पछि धनगढी नगर प्रहरी र शसस्त्र प्रहरीले बोटको प्रयोग गरि खोजीकार्य गरेको थियो।तर खोजीकार्यका क्रममा उनीहरु नदिमा मृत अवस्थामा भेटिएका थिए।

खोजतलासको क्रममा दुवै जनाको शव बेपत्ता भएको स्थानभन्दा केही तल डुबेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.