
खै कसरी तुलना गर्नु तिम्रो र उनको
तिमी सत्र हजारको चिहानमा चढेर गद्दि खोज्ने मान्छे उनी रगत देख्न नपरोस् भनि गद्दी छोडेका मान्छे
उनी जनता बाचोस् भनी श्रीपेच छोडी नागार्जुन हिँडेको
तिमी कुर्सी बाचोस् भनेर बन्दुक बोकि भारत हिँडेको
उनी जनताको रगतले पिडामा बस्ने
तिमी तिनकै रगतले उमङ्ग मनाउने
खै कसरी जाँच्नु र तिम्लाई उन्लाई?
उनी सभ्य धीर शैलीमा थोरै बोल्ने
तिमी कुकुर जस्तै भोक्रो दल्ने
खै कसरी दाँज्नु र तिम्लाई
तिमी सत्तामा जाने बित्तिकै स्वयम महाराज ठान्ने
उनी महाराज हुँदाहुँदै बिनम्र कुरा मान्ने
खै कसरी दाँज्नु र तिम्लाई ?
तिमी उनीसंग उनी सर्वसत्ता हातमा हुँदा पनि अलिक मनकारी तिमी एक्दिन मन्त्री हुँदा पनि हुन्छौ धुन्दुकारी
खै कसरी नाप्नु र तिम्लाई
तिमी केही समर्थन पाउने बित्तिकै अरिङ्गाल चलाउने उनीसङ्ग सेना हातमा छँदा पनि होसमा कहलाउने
के गरि तुलना गरुँ र खै तिमी जनबादी भएर पनि धनबादी हुने उनी राजाबादी भएर पनि थोरै जनबादी हुने
तिमी बिकास देखाउँदै बिनास गराउने उनी शक्तिमा भएर पनि निकास गराउने
तिमी जिब्रो समाल्न नसक्ने तर जिब्रो थुत्न हिन्ने गणतन्त्र भन्दै जनता कुट्न हिन्ने
उनी सामन्त भएपनी देश नफुट्न भन्ने
के तुलनागरी लज्जित बनुँ र म, तिम्लाई र उनलाई ?
उनी सत्ता छोडेर पनि शान्त छन्
तिमी सत्ता गुम्ने बित्तिकै भत्ता माग्न
त्यसैले तिमी अब छोड उनको बारेमा बोल्न
उनलाई दोश्याउँदै आफ्नै पोल खोल्ने अब शान्तसङ्ग बस तिमी सक्छौ भने केही उनीबाट सिक तिमी।
।। जय नेपाल।।
