Agni Offset Press

गोदावरीकी ३७ वर्षीय करुणाले पाइन घरमै नागरिकता

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका –८ की अरुणा कुमारी चौधरीले घरमै नागरिकता पाएकी छन । मंगलबार शारीरिक अपाङ्गता भएकी अरुणालाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल सहितको टोलीले घरमै पुगेर नागरिकता दिएको हो ।

३७ वर्षीय अरुणा अपाङ्गता भएका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सम्म जान सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी हमालले अरुणाका बुवाले जिल्लामा आउन नसक्दा नागरिकता बनाउन नसकेको जानकारी गराएपछि घरमै आएर नागरिकता दिएको बताए । घरमै नागरिकता पाएपछि अरुणाका बुवा जित बहादुर चौधरीले खुसी व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले अशक्त व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको बताए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.