Agni Offset Press

प्रहरीले सार्वजनिक ग-यो स्रोत नखुलेको २५ करोड

Aarati simant

काठमाडौं : प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ । उक्त रकम प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मंगलबार ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो ।

प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.