Agni Offset Press

धनगढी सिप मेलामा तालिम लिनेहरूलाई नवजीवन सहकारीको बिना धितो ऋण सुविधा

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको छ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बम नेतृत्वको टोलीले तालिम लिइरहेकाहरूलाई व्यवसाय सञ्चालनका लागि ऋण दिने घोषणा गरेको छ। समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने तर व्यक्तिगत ऋणका लागि धितो आवश्यक पर्ने सहकारीले स्पष्ट पारेको छ।

अध्यक्ष बमका अनुसार प्रशिक्षार्थीहरूको समूह बनाई सहकारीका कर्मचारीमार्फत ऋण प्रक्रियालाई सहज बनाइने छ। ऋणका लागि आवश्यक कागजात तथा प्रारम्भिक शुल्क बुझाएर प्रक्रिया पूरा गर्न सकिनेछ। नवजीवन सहकारीमा ३८.९ प्रतिशत महिला सदस्य रहेको र महिलाहरूले समूहगत रूपमा ५० हजार रुपैयाँदेखि माथि ऋण सुविधा लिन सक्ने सहकारीले जनाएको छ।

सन् १९९३ मा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित क्रियाशील छ। ३३ हजारभन्दा बढी शेयर सदस्य रहेको यस सहकारीले हालसम्म ४३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४०४ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। सहकारीले कृषकहरूबाट धान खरिद गरी चामल उत्पादन तथा बिक्रीको कार्यसमेत सुरु गरिसकेको अध्यक्ष बमले जानकारी दिएका छन्।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.