
अत्तरिया : कञ्चनपुरको दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली विद्यार्थी संघ (नेविसंघ) का सुवास नेगी निर्वाचित भएका छन् ।
नेविसंघको पूरै प्यानल विजयी भएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।
