छाङ्गरु पुग्ने बाटो बनाउन ५ करोड बजेट निकासा भइसकेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको जिकिर गरेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले स्थानीयहरूको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको बताए ।

‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘‘हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पुर्‍याउने काम भइरहेको दाबी गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.