सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताउनुभयो। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.