अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ। बिहीबारदेखि वडा नं. १ बाट वितरण प्रक्रिया प्रारम्भ गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८\०७९ मा सञ्चालित राष्ट्रिय परिचय पत्र दर्ता अभियान अन्तर्गत फारम भरेका नागरिकहरूलाई कार्ड वितरण गरिँदैछ। उक्त परिचय पत्र वितरण कार्य अन्य वडाहरूमा भईरहेको छ ।