गेटामा मोटरसाइकलको ठक्करबाट घाइते बृद्धको मृत्यु

अत्तरिया, ८ चैत : कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ । फागुन ८ गते गोदावरीको गेटास्थित आरबी फ्लोर मिल नजिकै से ७ प ५५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका ७४ वर्षीय बल्के लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले २३ फागुनमा अस्पतालबाट उपचार गरेर डिस्चार्ज भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने लुहारको बिहीबार घरमै मृत्यु भएको बताए । उनका अनुसार लुहारको मृत्युअघि नियन्त्रणमा लिइएका चालक शुक्लाफाँटा–१२ बस्ने २८ वर्षीय मानबहादुर राना उनी डिस्चार्ज भएपछिख छुुटेका थिए तर मृत्यु भएपछि भने प्रहरीको सम्र्पकमा रहेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.