Agni Offset Press

अत्तरियामा प्रदेश स्तरिय पुर्व सुचना अभिवृद्धि तालिम सुरु

Aarati simant

अत्तरिया, ९ चैत : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा पूर्व सूचना क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिम आज (शनिबार) बाट सुरु भएको हो । महाकाली वेसिन फिल्ड कार्यालय
अत्तरियाको आयोजनामा भएको कार्यक्रममा दुई दिनसम्म बाढी पूर्वसुचना प्रणाली सम्बन्धि जानकारी तथ्यांक गुणस्तर सुधारका लगायतका विषयमा छलफल हुनेछ ।
तालिम उद्घाटन कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बढ्दो जलवायु परिवर्तनले गर्दा हिमनदीमा असर परेकाले त्यसलाई जोगाउन आवश्यक रहेको औल्याए । विश्व हिमनदी र जल तथा मौसम दिवसको अवसरमा तालिम आयोजना गरिएको उनले बताए ।
उनले पछिल्लो समय अटोमेटिक तरिकाले तथ्याङ्क सङ्कलनको काम हुने भए पनि जल तथा मौसम अवलोकनकर्तालाई पूर्व सूचना सँग जोड्न आवश्यक भएका क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको बताए । मौसम अवलोकन कर्ताले गलत तथ्यांक संकलन गर्दा एक्कीन मौसम पुर्वानुमान गर्न कठिन हुने बताए ।
‘नेपालमा जल तथा मौसमको तथ्याङ्क सङ्कलन गर्न लागेको १०४ वर्ष भइसकेको छ’ उनले भने ‘अब तथ्याङ्क सङ्ग्रह गरेर मात्रै हुँदैन । तथ्याङ्कको आधारमा पूर्व सूचना दिन सक्नुपर्छ । जसका लागि जल तथा मौसम अवलोकनकर्ताको जिम्मेवारी फेरिन आवश्यक छ ।’ उनले जल तथा मौसम अवलोकनकर्ताको भूमिका जनतालाई विपद्को ज्ञान हस्तान्तरण गर्ने माध्यम पनि हुन आवश्यक रहेको बताए । मौसम अवलोकनकर्ताहरुल जिम्मेवार हुन आवश्यक रहेको उनले उल्लेख गरे ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले अहिले तथ्याङ्क थन्किएको अवस्थामा भएकाले यसको सदुपयोग गर्न सही तथ्याङ्क सही समयमा लिन आवश्यक रहेको बताए । तालिम आइतबार सम्पन्न हुने छ ।
विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा भएको तालिममा सुदूरपश्चिम प्रदेशका जल तथा मौसम अवलोकनकर्ताका सहभागिता रहेको छ । तालिममा मौसमविद संजयकुरमार शाह, सरस्वती विष्ट, कौशलकिशोर चौधरी, अर्जुन भुषाल, सिंगल चौधरी, विरेन्द्रप्रसाद कुश्हवा, प्रकाश विक, राजिव झा लगातका व्यत्तिहरु सहजीकरण गरिरहेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.