अत्तरिया, १० चैत : गौरीगंगा नगरपालिका वडा नं १, चौमाला मा रहेको सामुदायिक ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सत्यराज जोशीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष टीकासिंह बोहरा थिए । कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा सहकारी संजाल अध्यक्ष हृदय कुमार थापा थिए ।
अन्य अतिथिहरुमा मौवारी सामुदायिक वन अध्यक्ष सुन्दिरा चौधरी, इन्द्रबहादुर चन्द, जुद्द साँउद लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका हुन ।
कार्यक्रममा संस्था द्वारा संस्थालाई महत्वपूर्ण योगदान गर्ने इन्द्रबहादुर साँउद, गणेश चन्द, रामदास थारु, वीर सिं बुढा गरी ७ जना सेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रममा संस्थाकी ब्यवस्थापक आरती बिनाडी जोशी द्वारा आ.ब.२०८०\८१ को करिब ११ लाख २८ हजाए ९ सय १८ रुपैया बराबरको आयब्यय प्रस्तुत गरेकी थिईन ।
संस्थाका सदस्य चक्र चन्दले स्वागत मन्तब्य मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाका सचिव नन्दलाल उपाध्यायले गरेका हुन ।
सम्बन्धित पाेस्टहरु