विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ : आन्तरिक मामिला मन्त्री सार्की

अत्तरिया : सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताएका छन। कैलालीको अत्तरियामा आयोजित विश्व हिमनदी, जल र मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सार्कीले विपद् जन्य घटनाले ठूलो मानवीय तथा धनजनको क्षति गर्दै आएकोमा सबै मिलेर विपद् प्रतिकार्य योजनामा सरिक हुनुपर्ने बताएको हो।

मन्त्री शार्कीले भने –‘विपद्को कुनै निश्चित समय हुँदैन, यसमा सरोकारवाला निकायले संमित भएर लाग्न जरुरी छ। ’ विपद्जन्य घटना न्यूनीकरणमा तीनै तहका सरकारले नतिजा उन्मुख कार्य गर्नुपर्ने र प्रदेश सरकार पनि यसमा खटिने मन्त्री सार्कीले प्रतिबद्धता जनाए । आइतबार कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पानी पिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले हिम नदी र जलाधार क्षेत्रमा उचित तरिकाले लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस वर्ष नगरमा ६२४ मिलिमिटर वर्षामापन गरिएको र जुन हालसम्मकै अत्याधिक वर्षा भएको बताए। सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्न सके विपद् जन्य घटनाबाट जोगिने उनले बताए।

आइतबार कार्यक्रममा हिमनदीमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी डा. भूमिराज बुढाथोकी र कन्चनपुरको दोधाराचाँदनी नगरपालिकाको गत मनसुनको असल अभ्यास सम्बन्धी सुदृढ परियोजना संयोजक राजकुमार सुनारको प्रस्तुततिकरण थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.