अत्तरिया : राजावादी प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालय नजिकै ट्याक्सी जलाएका छन् । तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरूले आगलागी र तोडफोडका घटना गरेका हुन् ।
प्रदर्शनकारीले तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी र तोडफोड गरेका छन् । साथै, पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा रहेका प्रहरी गाडीमा पनि आगजनी गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि कर्फ्यु लगाएर सेनालाई परिचालन गरिएको छ ।