प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु By अग्नी समाचार On २०८१ चैत्र १५, शुक्रबार १८:२१ अत्तरिया : काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।