बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

बाजुरा : बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धुरतोला वस्ने दिल्लीबहादुर रावतको छोरा ८ वर्षीय बिजय रावतको मृत्यु भएको हो।

बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो (गोठ) को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानोदेखि अन्दाजी १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.