धनगढी-अत्तरियामा गणतन्त्रको पक्षमा एमालेको मोटरसाइकल -याली प्रदर्शन

अत्तरिया, १८ चैत : नेकपा एमालेले कैलालीमा पनि मोटरसाइकल -याली निकालेको छ । पार्टीको जिल्ला कमिटीको आयोजनामा गणतन्त्रको पक्ष र राजतन्त्रवादीविरुद्ध खबरदारी भन्दै एमालेले सोमबार गोदावरी नगरपालिकामा पर्ने अत्तरियादेखि धनगढी सम्म मोटरसाइकल -याली प्रदर्शन गरेको हो ।
¥यालीमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र राजतन्त्रवादीहको विपक्षमा नाराबाजी गरिएको छ भने राजावादीले गरेको हिंसात्मक आन्दोलनमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । अत्तरियादेखि सुरु भएको मोटरसाइकल -याली अत्तरिया–धनगढी ६ लेनबाट शहीद गेट–क्याम्पस चोक–पार्क मोड हुँदै ट्राफिक चौराहमा पुगेर समापन भएको थियो ।
मोटरसाइकल -यालीमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नादरमुनी राना, पोलिटब्युरो सदस्य लिला भण्डारी, केन्द्रीय सदस्यहरु, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कैलाली अध्यक्ष यज्ञराज ढुंगानासहितका नेता तथा कार्यकर्ता सहभागी थिए ।
एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा आउनेहरुको प्रतिकार गर्न एमाले सक्षम भन्ने पुष्टि गर्ने उद्देश्यले मोटरसाइकल ¥यालीको आयोजना गरिएको बताए । भट्टले गणतन्त्र विरोधीले शनिबार गरेको हिंसात्मक आन्दोलमा संलग्न दोषीलाई सरकारले संविधान बमोजिम कारवाही गर्ने बताए ।
उनले चैत २९ गते धनगढीमा गणतन्त्रका पक्षमा एमाले विशेष सभा गर्ने भएकाले त्यसका लागि जागरण प्रतिगामीलाई चेतावनी दिन पनि प्रदर्शन गरिएको बताए । यस्तै, एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले पूर्व राजाका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र र व्यवस्थाका विरुद्ध धावा बोल्ने कथित राजावादीको हिंसात्मक आन्दोलन विरुद्ध एमालेले प्रर्दशन गरेको बताए । उनले मसान घाटमा पुगिसकेको राजतन्त्र फर्किने सपना नदेख्ने समेत चेतावनी दिए । एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंंगानाले पूर्व राजा ज्ञानेन्द्र शाह समर्थकले काठमाडौँ मच्चाएको वितण्डा र कानुन विपरीत गरेको हिंसात्मक आन्दोलनविरुद्ध मोटरसाइकल ¥यालीनिकालिएको बताए ।
लोकतन्त्र र गणतन्त्रको विकल्प कुनै निरुकुंशतन्त्र हुन नसक्ने बताउँदै आम जनता गणतन्त्रको पक्षमा रहेको -यालीले पुष्टि गरेको उनको भनाई छ । ढुंगानाले चैत २९ गते गणतन्त्रका पक्षमा धनगढीमा हुने विशेष जनसभामा सहभागीताका लागि आह्वान समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.