त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

अत्तरिया : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशी विजयी भएका छन् । जोशी ७८९ मतका साथ सभापतिमा निर्वाचित भएका निवर्तमान स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए ।

सोमबार सम्पन्न निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टले ७८१ र नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् । कूल ३११८ मत खसेको निर्वाचनमा उम्मेदवारबीच निकै रोमाञ्चक प्रतिस्पर्धा देखियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.