Agni Offset Press

गायक महराले ल्याए ‘मन होईजा सितल’ (भिडियो सहित)

Aarati simant

दीपक ओली

धनगढी, २५ चैत : सुदूरपश्चिमका चर्चित डेउडा गायक ध्जव महराले डेउडा भाकामा आधारित ‘मन होईजा सितल’ बजारमा ल्याएका छन् । वरिष्ठ डेउडा गायकसमेत रहेका महराको स्वरमा रहेको गीति एल्बम ‘मन होईजा सितल’ को म्युजिक भिडिओसमेत सार्वजनिक गरिएको छ ।

कर्ण बोगटीको शब्द रचना रहेको उक्त गीतमा बरिष्ठ गायक महरा र चर्चित डेउडा गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ । दुई हप्ताअघि युट्युबमा मार्फत सार्वजनिक भएको उक्त गीत हालसम्म ६८ हजार बढीले हेरेका छन । रमेश बिजुली बिसीको निर्देशनमा उत्पादन गरिएको उक्त म्यूजिक भिडियोमा रेश बिसी र मनिषा रावलले अभिनय गरेका छन ।

डोटीको पूर्बिचौकी गाउँपालिका घर भएका महरा सुदूरपश्चिमका चर्चित डेउडा गायक हुन् । महराले ‘गैजा डोटी गैजा’लगायतका दर्जनौं डेउडा गीतमा स्वर दिइसकेका छन । उनको स्वरमा रहेको ‘गैजा डोटी गैजा’ बोलको गीतको म्यूजिक भिडियो एक करोडबढीले हेरेको चर्चित गीत हो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.