अत्तरियाका दिनेश कार्की त्रिचन्द्र स्ववियु सदस्यमा निर्वाचित

अत्तरिया, २४ चैत : नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पसमा चैत्र १९ मा भएको स्ववियु निर्वाचनमा गोदावरी नगरपालिका वार्ड १ का दिनेश कार्की सदस्य पदमा विजय भएका छन् ।
त्रिचन्द्र बहुमुखी क्याम्पसमा जम्मा मतदाता संख्या ७ हजार ६ सय ९१ रहेकोमा २ हजार ६ सय ७१ मत खसेको थियो । उक्त चुनावमा दिनेश कार्कीले गोविन्द कोइरालाको नेतृत्वमा नेविसंघको टीमबाट उम्मेदवारी दिएका थिए ।
पूरा टीम ले जित्दा दिनेश कार्कीले लोकप्रिय मत १ हजार ५० मत प्राप्त गरी सदस्य पद मा निर्वाचित भएका छन् । उनी जहिले पनि विद्यार्थीका हक हित का लागि आवाज उठाउने व्यक्तित्व पर्छन । उनी भन्छन, मैले स्ववियु सदस्य जित्दै गर्दा म जहिले सुदूरका विद्यार्थीको आवाज बन्नुका साथै सबै विद्यार्थीका हकहितका लागि निरन्तर प्रयास गरी रहेनछु र वर्षौं पछि त्रिचन्द्रमा नेवि संघको विरासत फर्काउन सफल भएकोमा अग्रज दाजु गोविन्द कोइराला तथा आफ्नो सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.