अछाममा एक दृष्टिविहिन किशोरी बलात्कृत, स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ

अछाम : अछाममा एक दृष्टिविहिन बलात्कृत भएकी छन् । मंगलसेन नगरपालिकाकी २१ वर्षीया दृष्टिबिहिन किशोरी बलात्कृत भएकी हुन्। चैत २६ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणपछि २८ हप्ताको गर्भ रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बलात्कारको आरोपमा रामारोशन गाउँपालिका-५ का ५१ चेतमान रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पीडित किशोरीलाई असोज २१ गते जिल्ला अस्पतालको जंगल पछाडी बोलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले बताएकी छन् ।
रोकायाले किशोरीलाई ललाईफकाई जिल्ला अपाग महासंघबाट सहयोग गर्ने भनी प्रलोभनका पारी जबरजस्ती करणी गरेर जोहरीमा उल्लेख गरिएको छ । आरोपित रोकायाका पनि अपांग रहेको उनको दाहिने खुट्टा नभएको डीएसपी भण्डारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.