दुर्गालक्ष्मी अत्तरियामा स्ववियु निर्वाचनमा ८३१ मत खस्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा
८३१ विद्यार्थी सहभागी भएको निर्वाचन समितिले जनाएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा १ हजार १२८ मतदाता रहेका थिए । स्ववियुको निर्वाचनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन ।

५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले प्यानल सहित उम्मेदवार दर्ता गराएका छन् भने नेविसंघबाट सभापतिमा भुवन महराले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.