अत्तरियाको लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयको कक्षा ८ मा नतिजा उत्कृष्ट

अत्तरिया : गोदावरी नगरपालिका अत्तरियाको लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ।
नगरस्तरीय परीक्षामा सहभागी ३० सामुदायीक र २९ संस्थागत विद्यालयहरु मध्ये लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयले यस वर्ष पनि नगर कै पहिलो स्थानमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो।

कक्षा ८ को परीक्षामा विद्यार्थी हरिश भट्ट र भगवती कुमारी चन्दले ४ जिपिए ल्याउन सफल भएका हुन । नगरकै सबै भन्दा धेरै ४ जीपीए ल्याउने विद्यालयको रूपमा पहिचान गराउँदै गौरवान्वित बनाएको छ। यस्तै बोर्ड परीक्षामा सहभागी ७३ विद्यार्थी मध्ये ७२ उत्तीर्ण भएका थिए भने १ जना ग्रेड वृद्धिमा परेको विद्यालयले जनाएको छ।

परीक्षामा सहभागी ७३ जना मध्ये २६ जना विद्यार्थीले ए प्लसूग्रेड, ३६ जना विद्यार्थीले ए ग्रेड र १० जनाले बि प्लस ग्रेड ल्याउन सफल भएका छन् भने १ जना विद्यार्थी चाहिँ ग्रेड वृद्धिमा परेको जानकारी दिए।

यस्तै विद्यालयले गत वर्षमा पनि गोदावरी नगरपालिकाकै उत्कृष्ट नतिजा कक्षा ८ मा अध्यनरत बिधार्थी विनोद बोहराले ४ जीपीए ल्याएका थिए। विद्यालयका प्रिन्सिपल मान बहादुर एेरले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, अभिभावक तथा शिक्षकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक सत्रहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने दृढ लक्ष्य रहेको जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.