अत्तरिया, २८ चैत : नेपाल चेम्बर अफ कमर्सको ७४ ओै वार्षिक साधारण सभामा देशभरका जिल्ला चेम्बरहरुमा उत्कृष्ट कार्य गरे बाफत कैलाली जिल्ला चेम्बर उत्कृष्ट शाखा घोषित भएको छ ।
बुधबार सम्पन्न साधारन सभामा कैलाली शाखाका अध्यक्ष प्रमोद अधिकारी सम्मानित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली अध्यक्ष अधिकारीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
चेम्बर निजि क्षेत्रका ब्यवसायीहरुको साझा संस्था हो । कैलाली शाखाले व्यवसायीहरुको हकहितमा बिबिध कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित पाेस्टहरु