दुर्गालक्ष्मी विद्यालय पूर्व विद्यार्थी मञ्चको आयोजनामा हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न

अत्तरिया, २९ चैत : गोदावरी नगरपालिका–२ अत्तरियामा अवस्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी मञ्चको आयोजनामा हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगितामा ५० भन्दा बढी व्यक्तिहरू सहभागी भएका थिए । नरेन्द्र सिंह रावतले उत्कृष्ट प्रदर्शन गर्दै ९ किलोमिटर दूरी ३३ मिनेट १० सेकेन्डमा पूरा गरी पहिलो स्थान प्राप्त गरेका छन् । उनलाई नगद रु २१,१११ प्रदान गरिएको छ ।
त्यसैगरी, करन रावलले ३३ मिनेट ११ सेकेन्डमा दौड पूरा गरी दोस्रो स्थान हासिल गरेका छन् । उनलाई रु ११,१११ नगद पुरस्कार प्रदान गरिएको हो । तेस्रो स्थानमा समन्त सिंह ठगुन्ना रहन सफल भए, जसले दौड ३४ मिनेटमा पूरा गरे । उनले रु ५,१११ नगद पुरस्कार प्राप्त गरे ।
दौड प्रतियोगिता दुर्गालक्ष्मी माविको विद्यालय प्राङ्गणबाट सुरु भई गोदावरीको वनदेवी मन्दिरसम्म पुगेर पुनः विद्यालय प्राङ्गणमै समापन गरिएको थियो ।
“दुर्गालक्ष्मी दौडिन्छ“ भन्ने मूल नाराका साथ आयोजित सो प्रतियोगिताको उद्देश्य खेलकुदको प्रवद्र्धन गर्नुका साथै विद्यार्थी तथा स्थानीय युवाहरूलाई शारीरिक रूपमा सक्रिय राख्नु रहेको आयोजकले जानकारी दिएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.