Agni Offset Press

अग्नी पोष्ट दैनिकको यात्रा नौ औँ बर्षमा प्रवेश

Aarati simant

अग्नी पोष्टको यात्रा नौ औँ बर्षमा प्रवेश गरेको छ । सुदूरपश्चिमको सन्दर्भमा एक सञ्चार माध्यामका लागि आठ बर्ष सम्मको यात्रा कठिन नै हुन्छ । जतिवेला एक विहान जसको घरमा पत्रिका पुग्छ । त्यो समाजमा नजरमा सम्मानित व्यक्ति हुन्थ्यो । त्यतिवेला अत्तरियाबाट अग्नी पोष्ट नेपाली राष्ट्रिय दैनिकको जन्म भएको हो । सबको साथ सबको विकास राष्ट्र सम्पन्नताको आधार’ भन्ने मुल नाराका साथ अग्नीले आफ्नो यात्रा तय गरेको थियो । तत्कालिन अवस्थामा कैलालीमा दैनिक १५ भन्दा बढी दैनिक पत्रिका प्रकाशित हुन्थे । अहिले नियमित रुपमा प्रकाशन हुने पत्रिका धेरै कम छन् । अहिलेको बद्लिदो समयसंगै सञ्चार माध्यामलाई बचाउन धेरै नै कष्टपूर्ण छ । त्यसका वावजुद पनि अग्नी पोष्टले आफ्नो यात्रामा कुनै ब्रेक नलगाएर निरन्तरता दिएको छ ।
जतिवेला अत्तरिया बजारमा पत्रिका पढ्नका लागि केन्द्र या धनगढीका भरपर्नुपर्ने बाध्यता थियो । त्यतिवेला अत्तरियामा हामीले ठूलो जर्मेको ग–यौँ । अत्तरिया बजार विस्तारै बामे सर्दै गरेकोबेला अत्तरियामा प्रिन्ट मिडियामा लगानी सुरुवात गरेको हो । अहिले त अत्तरिया बजार पनि धेरै फैलिएको छ । मुलुकले संविधान पाएर भर्खरै अगाडि बढीरहेको समयमा आम पाठकलाई समाचार पस्कने जर्मेको गरेको हौँ । अत्तरिया क्षेत्रमा कुनै पनि पत्रिका प्रकाशन नभएको अवस्थामा थोरै जनशक्तिमा अग्नी पोष्टले आफ्नो प्रकाशन सुरु गर्ने आट गरेको थियो ।
आफुलाई विभिन्न चुनौतीका विच पनि अग्नी पोष्टले आफ्नो यात्रालाई निरन्तरता दियो । अग्नी पोष्ट धेरै आरोअवरोह पार गरेर अहिले नौ बर्षमा बर्षमा प्रवेश गरिरहँदा आफुलाई सच्चा पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी पत्रिकाको रुपमा उदाएको छ । सबैका अपार मायाले गर्दा नै नेपालको सरकारको संस्था प्रेस काउन्सिलले गर्ने वर्गीकरणमा निरन्तर ख बर्गमा पर्न सफल भएका छौँ ।
अहिलको अवस्थामा भएका उद्योगहरु पनि बन्द रहेकाा छन् । त्यसले गर्दा अत्तरियामा पत्रिकाको अभ्यास गर्नु कम चुनौतिपूर्ण छ । सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडि बढनु कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन थियो ।
अग्नी पोष्ट दैनिकले छुट्टै अग्नी समाचार अनलाईन प्रोटल समेत सञ्चालनमा छ । त्यसले गर्दा अहिले संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गराईरहेका छौँ । यो सबै सुचना र प्रविधिको विकासका कारण सम्भव भएको छ । हामीलाई अब्बल सावित गर्न धेरै सहकर्मीहरु र हाम्रा पाठक र शुभचिन्तकहरु जुटनुभएको छ । यो माया हामी रहनुजेल प्राप्त गरिरहने छौँ भन्ने अपेक्षमा रहेका छ ।
अनलाईनको युग छ । प्रिन्ट मिडियाको शाखा जोगाउन ज्यादै कठिन छ । बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडि बढदै थप जनमासमा लोकप्रिय बन्दै अगाडि बढ्ने प्रण गर्दछौँ । थप परिष्कृत बन्दै जाने छौँ । यहाँको सल्लाह सुझावको सधै हामी भोका रहने छौँ ।
आज नेपालीहरुको नयाँ बर्ष २०८२ र सुदूरपश्चिमेलीहरुको विसु पर्व त्यसको सबै जातजाति र समुदायका सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, विज्ञापनदाता, शुभचिन्तक, सञ्चार माध्यामलाई नजिकमा नियाल्ने संस्था प्रेस काउन्सिल लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन अपर्ण गर्दछौँ । यो माया सदासर्वदा दिनुहुनेछ भन्ने सिंगो अग्नी पोष्ट परिवार आसावादी छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.