कैलालीमा नहरमा डुबेर बेपत्ता भएकी बालिकाको शव भेटियो

कैलालीः कैलालीको नहरमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी सोमबार बेपत्ता भएकी थिइन्। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन्।

उनको शव आज रानिजमरा सिचाई आयोजनाको अमरावती नहरमा भेटिएको छ। उनि डुबेका साथी लाई बचाएर आफू बेपत्ता भएकी थिइन्।बस्ती क्षेत्रको नहरमा तार जाली लगाउन स्थानीयले माग गरेका छन्। यस अघी नहरमा डुवेर ३ जनाले गुमाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.