पेट्रोल,डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ घटाइएको हो।यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ।

सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ।त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.