धनगढी:नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्।
पूर्व मुख्यमन्त्री समेत रहेका रावलले बुधबार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन्। गाडी फिर्ता गर्दै रावलले प्रदेश सरकारले सत्तापक्षीय दलको नेताको हैसियतमा उपलब्ध गराएको सुविधा अन्तरगत गाडी प्रयोग गरेको बताए।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सत्तापक्षीय संसदीय दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेका कारण लिएको दाबी गरे।तर उक्त ऐनमा भएको प्राविधिक त्रुटीका संशोधन गर्न बाँकी रहेको अवस्थामा सरकारकै आग्रहमा गाडी प्रयोग गरेको बताए । तर आफूलाई गाडी आवश्यक पर्छ भनेर कसैलाई दबाब नदिएको उनले भने।
हाल आर्थिक मामिला मन्त्रालयको सहमतिका लागि विचाराधीन अवस्थामा रहेको ऐन चाडै कार्यान्वयनमा जाने समेत उनले बताए।आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समेत संसदीय दलका नेताले गाडी सुविधाका लागि धम्की र दबाब नदिएको दाबी गरेका छन।रावलले गत असारदेखि आर्थिक मामिला मन्त्रालयको बा।१झ १४४७ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।उक्त गाडी बिग्रिएपछि पुस अन्तिमदेखि रावलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् । प्रदेश ०१–००१झ३१८ सरकारी नम्बरको गाडी आन्तरिक मामिलाले प्रदेशमा आउने विशिष्ट व्यक्तिको स्वागतका लागि प्रयोग गर्न खरिद गरेकोे थियो ।